हुलाकी सडक खण्डस्थित सप्तरीको महुली र सुन्दरी पुलको विचमा पर्ने सुब्बाटोल नजिक ट्रयाक्टर दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ
दुर्घटनामा २४ जना घाइते भएका छन् ।
हुलाकी सडक भएर राजविराज तर्फबाट आँप लिए सप्तरीको कञ्चनरुप जाँदै गरेको अवस्थामा स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिरहा लाहान १९ बस्ने ३२ वर्षिय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षिय सुशिल राम रहेको सप्तरी प्रहरीले जनाएको छ ।
घाइते मध्ये १४ जनाको विराटनगरको गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूपस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र प्रहरीले जनाएको छ । ०००