कान्तिपुर र पशुपति सहकारी ठगीमा संलग्न लामा सीमा क्षेत्रबाट पक्राउ, सहकारीमा ८ अर्ब बचत अपचलन भएको चर्चा | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

कान्तिपुर र पशुपति सहकारी ठगीमा संलग्न लामा सीमा क्षेत्रबाट पक्राउ, सहकारीमा ८ अर्ब बचत अपचलन भएको चर्चा

कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको हो।

सहकारीको अर्बौं बचत अपचलन गरेको आरोपमा लामालाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार बिहान पक्राउ गरिएको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।

यी सहकारीमा ८ अर्ब बचत अपचलन भएको चर्चा रहे पनि प्रहरीकहाँ दुई अर्ब बढीको जाहेरी आएको बताईएको छ ।

लामा संलग्न रहेका यी दुवै सहकारी सरकारले हालै गठन गरेको संसदीय छानबिन समितिको दायराभित्र पनि समेटिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);