पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि

पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ ।

दक्षिणी प्रान्त सिन्धमा तापक्रम ५२ डिग्रीभन्दा माथि रेकर्ड गरिएको छ । सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस अर्थात १२६ डिग्री फरेन्हाइट रेकर्ड भएको मौसम विभागले जनाएको छ ।

जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी खपी नसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइटको कीर्तिमानी स्तरमा उक्लिएको तथ्यांक छ ।

त्यो एसियामा रेकर्ड भएको अहिलेसम्मकै दोस्रो तथा विश्वको चौथो उच्च तापक्रम मानिएको छ । यसैगरी पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण उच्च तापक्रमका कारण छ जनाको मृत्यु भएको छ । तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या दुई हजार ८०९ बाट बढेर तीन हजार ६२२ पुगेको छ ।

स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम विभागले यसअघि नै गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिइसकेको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ । भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ ।

यसबाट मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ। गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने आकलन सार्वजनिक भइसकेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);