सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारी ठहर,२ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारी ठहर,२ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको हो ।

विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ । अख्तियारले गतवर्ष वैशाखमा विकल पौडेलसहित आरोपीहरुविरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

त्यही आरोपमा मुछिएका नविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख विगो अनि त्यति नै रकम जरिवानाको फैसला भएको छ । विशेष अदालतबाट रोहितमान प्रधानलाई ५ करोड ८४ लाख र भुवन महर्जनलाई ५करोड ७९ लाख रुपैयाँ जरिवाना भएको छ ।

आरोपमा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीलाई सफाइ मिलेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);