नेपालमा क्रम भंगताको अर्काे श्रृंखला सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नेपालमा क्रम भंगताको अर्काे श्रृंखला सुरु

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दुवै सदनको बैठक अवरुद्ध गरेको छ ।

सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरे लगतै राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक बसेको थियो । तर सभामुख देवराज घिमिरेले बैठक सुरु भएको बताए लगतै कांग्रेस सांसदहरुले वेल घेराउ गरे । सभामुखले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको बताउनु भएको थियो ।

सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दै उहाँले अध्यादेशलाई पहिलो दिन नै टेबल गर्नुपर्ने व्यवस्था रहेको समेत जानकारी गराउनु भएको थियो । तर कांग्रेस सांसदहरुले भने संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरे ।

योसैगै प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहीवार ११ बजे बस्नेगरी बोलाइएको छ । यसैगरि नेपाली काँग्रेसले राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध पारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेपनि काँग्रेसले संसद अवरुद्ध पारेको हो ।

काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । आजको बैठकमा पनि काँग्रेसले सोही विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध पारेको हो । राष्ट्रिय सभाको अर्को बैठक बिहीवार सवा १ बजे बस्नेगरी स्थगित भएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);