श्री नेवाः सेवा समितिको १५औ वार्षिक साधारणसभा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८१, सोमबार

श्री नेवाः सेवा समितिको १५औ वार्षिक साधारणसभा सम्पन्न

सत्य नारायण मानन्धर, बुटवल
भाषा, धर्म र संस्कृतिका हिसाबले धनि नेवारी संस्कार जोगाउन सबै खल पुच र संघसंस्थाहरु एकजुट हुनुपर्ने बुटवलमा भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । श्री नेवा ः सेवा समितिको १५ औ वार्षिक साधारण सभा शनिबारमा बोल्ने बक्ताहरुले बुटवल नगरको पुरानो समुदाय नेवारहरु आफनो भाषा, लिपि र संस्कृतिको संरक्षणका लागि एकजुट भएर लाग्नुपर्ने सुझाव दिएका छन । कार्यक्रमको एक समारोहका बिच समितिका संस्थापक उपाध्यक्ष तथा जेष्ठ नागरिक गोबिन्दकृष्ण कर्माचार्यले पानशमा दीप प्रज्वलन गरेर उद्घाटन गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कला, संस्कृतिमा महिलाहरुको योगदान रहेको तर्क दिदै समिति समानान्तर रुपमा लैगिक समानतासहित नमुना काम गरेको बताए । काठमाडौ पछि बुटवललाई नेवार समुदायको मुख्य स्थानका रुपमा चिनिने र यो गरिमालाई उचो गराउने गरि अघि बढ्न जरुरी रहेको उनले बताए। जाति भन्दा पनि समुदायका विकासमा एकतावद्घ हुने काम संस्था लाग्नुपर्ने उनले बताए । बुद्ध र शंखध्वर साख्वाको भावनालाइ आत्मसात गर्दै समुदायको हकहितमा लाग्न सिकाएको उनले बताए । शिक्षा, स्वस्थ्य र विकासको कामलाई जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्थापनाको १८ वर्षको अवधिमा नेवारी संस्कृति झल्काउने संखधर साख्वा सास्कृतिक भवन निर्माणसहित विविध कला,संस्कृति जगेर्ना र रचनात्मक कार्यहरु गर्न सफल भएको उनले बताए । अहिलेसम्म १ करोड ५० लाख रुपैया सम्पत्ति रहेको उनले बताए । सामाजिक संस्कार भवन र भैरव मन्दिरको निर्माणको पहल अघि बढेको उनले बताए । बुटवलको विकासमा नेवार समुदायको योगदान रहेको भन्दै नेवा संस्कार र संस्कृति पछिल्लोसमय ओझेलमा पर्दै गएको दुखेसो गरे । दर्जनौ नेवा सम्वद्घ संस्थाहरुलाई एकआपसमा संगठित गर्दै नेवा भाषा, संस्कृति, लिपिहरुको संरक्षण गर्न खलपुच निरन्तर साथ अघि बढ्नुपर्ने उनले सुझाव दिए । नेवारी संस्कार अनुसार दुखको समयमा संस्थागत रुपमा सहयोग गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा महिला समितिका अध्यक्ष तारा श्रेष्ठले नेवारी संस्कार र संस्कृति जगेर्नामात्र नभई महिलालाई अगाडी बढाउन महत्वपुर्ण योगदान गर्दै आएको बताईन । यस क्षेत्रमा रहेका नेवारी महिलाहरुमा नेतृत्व विकास, सिपमुलक तालिम लगायतका कार्यक्रम अघि बढाएको उनले बताईन ।
कार्यक्रममा आजिवन सदस्य कृष्ण कुमार श्रेष्ठले नेवारी भाषा र लिपि लोपोन्मुख हुँदै गैरहेको बेला यसको संरक्षणमा अघि बढाउन जरुरी रहेको बताए । नेपालको माडबाडीका रुपमा पहिचान बनाएका नेवार समुदाय पछिल्लोसमय पछि परेको उनले दुखेसो गरे । नीति निर्माण गर्ने स्थानसम्म पुग्ने गरि दिर्घकालिन सोचका साथ अगाडि बढाउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, नेवा पुच नेवा सेवा समितिका अध्यक्ष काजिमान श्रेष्ठ, उद्योगी तथा समाजसेवी नवराज श्रेष्ठ, तिनाउ ईन्टरनेश्नल प्रालिका अध्यक्ष चिरञ्जीवी जोशी, निर्मल लाकौल, महेन्द्र नारायण श्रेष्ठ, लायन्स ईन्टरनेश्नल ३२५ पी का डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा समितिका कोषाध्यक्ष दल बहादुर श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन तथा अनुमानित आय, ब्यायको बजेट पेश गरेका थिए ।
कार्यक्रममा नेवा पत्रकार तथा माउण्टेन टेलिभिजनका संवाददाता सत्यनारायण मानन्धरलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरि कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई सम्मान गरिएको थियो । यसैबिच समितिका एक दर्जन जेष्ठ नागरिकहरुलाई नगद र सम्मानपत्रबाट सम्मान गरिएको थियो । यसैगरि साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको रक्तदान कार्यक्रममा २० युनिट रगत संकलन भएको थियो। हाल सम्म १४ औ संस्करणको ईहि यज्ञ, कैतापुजा सम्प्पन गर्दा लगभग आठसय भन्दा बढी नेवारी कन्या हरु को बेल विवाह (ईही यज्ञ)गराइसकेको र लगभग दुईसय भन्दा बढी कुमार हरु को ब्रतबन्ध (कैता पूजा) गराई सकेको नेवाः सेवा समिति का वरिष्ठ उपाध्यक्ष बसन्ती श्रेष्ठ ले बताइन् ।
निशुल्क आँखा परिक्षण, नेवारी चलचित्र प्रर्दशन, सापारु प्रर्दशन, मौलिक भैरव नाच, नेपाल सम्वत शुभकामना आदान प्रदान, योमरी दिवस, १४ औ संस्करणको ईहि यज्ञ, कैतापुजा, अक्षय तृतियामा सातुसर्वत वितरण जस्ता वर्षभरि कार्यक्रम गरिदै आएको समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक डिल्ली कुमार श्रेष्ठले बताए । हाल समितिमा विशेष आजीवन सदस्य –१७ जना आजिवन सदस्य ४२ जना र सदस्य २२७ जना रहेका छन । कार्यक्रम मा नेवाः सेवा महिला समिति का अध्यक्ष तारा श्रेष्ठ ले आस्था पाठ गरेकी थिइन् भने सेवा समिति का सचिव सारदा श्रेष्ठ ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);