सिमेन्टहरु एनएस चिन्ह लिएर नेपालमा बिक्रीका लागि आउने तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सिमेन्टहरु एनएस चिन्ह लिएर नेपालमा बिक्रीका लागि आउने तयारीमा

cements

काठमाडौं, १५ माघ । भारतका विभिन्न उद्योगबाट उत्पादित सिमेन्टहरु एनएस चिन्ह लिएर नेपालमा बिक्रीका लागि आउने तयारीमा रहेको गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ ।

भारतका ९ ब्रान्डको आधुनिक सिमेन्ट, क्यालकम सिमेन्ट, विरला कर्पाेरेसन, सपना सिमेन्ट, डाल्मिया सिमेन्ट, भारती सिमेन्ट, एसीसी सिमेन्ट, सिद्धी सिमेन्ट तथा गणपती लगायतका सिमेन्टहरु एनएस चिन्ह लिनको लागि प्रक्रियामा रहेको विभागले जानकारी दिएको हो । अहिले नेपालमा भारतीय ८ वटा उद्योगका सिमेन्टहरु एनएस चिन्हसहित विक्री वितरण भैरहेका छन् ।

यस्तै नेपालमा उत्पादन हुन लागेका केपी ब्राण्डको पिएससी सिमेन्ट, अन्नपूर्ण सिमेन्ट र धादिङको मंगला सिमेन्ट पनि एनएस चिन्ह लिने प्रक्रियामा रहेका छन् । नेपालमा कुनै पनि सिमेन्ट बिक्री वितरणमा ल्याउनु अघि अनिवार्य रुपमा एनएस चिन्ह लिनु पर्ने व्यवस्था भएकाले सिमेन्टहरु एनएसको प्रक्रियामा रहेका हुन् । सिमेन्टमा एनएस प्राप्त गर्नको लागि सुरुमा बिक्री गर्ने सिमेन्टको गुणस्तर म्यानुअल, उत्पादन प्रक्रिया, कच्चा पदार्थ र टेस्टिङ जस्ता सामाग्रीको कागजातहरु विभागमा बुझाउनु पर्छ ।

कागजात बुभाएको १५ दिनभित्र सबै कागजात सही भए गुणस्तर विभागले स्थलगत निरीक्षण तथा अन्य आवश्यक जाच पश्चात एनएस चिन्ह प्रदान गर्ने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);