बिहीबार सुचना प्रविधि दिवस मनाइरहँदा नेपालका निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

बिहीबार सुचना प्रविधि दिवस मनाइरहँदा नेपालका निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या

बिहीबार सुचना प्रविधि दिवस मनाइरहँदा नेपालका निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ ।

भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि इन्टरनेट काटिएको आम उपभोक्ताले आशंका गरेका छन् । बिहीबार दिउँसो पौने ४ बजेदेखि इन्टरनेटमा समस्या देखिन थालेको हो ।

नेपालका कम्पनीहरूले एअरटेललाई तीन अर्ब रुपैयाँ तिर्न बाँकी छ । तर विभिन्न बक्यौता नतिरेको भन्दै सरकारले विदेशी मुद्राको सिफारिस गर्न अस्वीकार गर्दै आएको छ ।

सरकारले बाँकी रहेको झन्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता तिरेमात्रै विदेशी मुद्राको सिफारिस गर्ने अडान लिएको छ । तर इन्टरनेट सेवा प्रदायकहरू भने सरकारले गैरकानुनी रूपले बक्यौता रकम तोकेको भन्दै आफूहरूले बक्यौता तिर्न नै बाँकी नभएको दाबी गरिरहेका छन् । सरकार र निजी कम्पनीको विवादका कारण भारतमा भुक्तानी हुन नसक्दा वर्ल्डलिंक, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्क सुस्त चल्ने भएको हो ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले एअरटेल, टाटा लगायतका भारतीय कम्पनीलाई एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले राष्ट्रिय सूचना तथा
संचार प्रविधि दिवस बहिस्कार गरेका छन् । इन्टरनेट सेवा प्रदायकहरूले एक विज्ञप्ति जारी कार्यक्रम बहिस्कार गरेको जनाएका हुन् । बैशाख १४ गते इन्टरनेट सेवा प्रदायकहरूको कार्यकारी समितिको बैठकले बहिस्कार गर्ने निर्णय गरेको हो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);