नेपाल प्रहरीले झण्डै पौने २ किलो सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरेर सुन र नगदसहित पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा दार्चुलाका गणेशदत्त बडू र आयुष बडू , भारतको महाराष्ट्रका अमल विभूती,प्रकाश विभूती र गणेशसतिस बाल्टे झापा बिर्तामोडका दिनेश खरेल, भरतराज खरेल रहेको प्रहरीले जानकारी दिएको छ ।
बिहीवार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाए




