भियतनाममा अहिलेसम्मकै ठूलो ४४ अर्ब डलरको बैकिङ ठगी,ट्रुओङ माई ल्यानलाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

भियतनाममा अहिलेसम्मकै ठूलो ४४ अर्ब डलरको बैकिङ ठगी,ट्रुओङ माई ल्यानलाई मृत्युदण्डको सजाय

काठमाडौं,३० चैत्र । भियतनाममा अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीका आरोपी ट्रुङ माई लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी अर्बपति लानलाई हो ची मिन्ह शहरमा रहेको अदालतले मृत्युदण्डको फैसला सुनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सन् २०१२ देखि ०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको ठहर गर्दै अदालतले ज्यान सजय सुनाएको हो । अभियोजकहरूले ल्यानको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कुल गार्हस्थ्य उत्पादन जीडीपीको करिब ३ प्रतिशत बराबर रहेको बताएका छन् । ल्यानले आफूमाथि लगाइएको आरोपको खण्डन गरेकी थिइन्।

प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियम उल्लंघन गरेको दोषी पाइएको बताइएको छ । सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा शरु भएको भ्रष्टाचारविरोधी अभियानमा यो सबैभन्दा हाई–प्रोफाइल मुद्दा हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);