‘नेताहरु नैतिक धरातलमा छैनन्’ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

‘नेताहरु नैतिक धरातलमा छैनन्’

काठमाडौं,३० चैत्र । राजनीतिक विश्लेषक एंव लेखक प्रकाश रायमाझीले नेपाली राजनीतिमा नैतिक धरातल नभएको टिप्पणी गरेका छन् । अहिलेका राजनीतिक दलहरुको उद्देश्य नै भ्रष्टाचार गर्ने रहेको उनको आरोप छ ।

बिहीबार एक कार्यक्रममा बोल्दै रायमाझीले यस्तो बताएका हुन् । विगत २०४७ सालपछि देशमा भ्रष्टाचार ब्याप्त बनेको समेत उनले दाबी गरे ।

‘दलिय गठबन्धनको नाममा वैचारिक स्खलित भएको अवस्थामा मुलुकलाई कसरी लुट्ने भन्ने भन्ने कम्पनी खडा भएका छन् । यी कम्पनीहरुले प¥याप्त मात्रामा भ्रष्टाचार गरेका छन् । केन्द्रदेखि गाउँतह सम्म । यसलाई न्यायकरण गर्न शक्तिशाली आयोग बनाएर छानबिन गर्ने हो भने नेपाल चलाउन वैदेशिक सहायताको आवश्यकता पर्दैन् ।’ उनले भने,‘भ्रष्टाचारबाट दण्डित रकमले १० वर्ष नेपालको अर्थतन्त्र धान्छ । त्यो अब सम्भव छ त ? त्यसैले यहाँ नेताहरु नैतिक धरातलमा छैनन् ।’

नेपाली कांग्रेसले केही दिन देखि गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समितिको माग गर्दै संसद बैठक अबरुद्ध गर्दै आएको छ । सो विषयमा बोल्दै रायमाझीले कांग्रेसको अडानलाई सत्तागठबन्धनमा छिर्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् । ‘कांग्रेसको त्यो अडान सत्ता गठबन्धनमा छिर्ने सक्ने झिनो आशा हुनसक्छ ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);