राजस्थान रोयल्सको पहिलो हार | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

राजस्थान रोयल्सको पहिलो हार

काठमाडौं,२९ चैत्र । इन्डियन प्रिमियर लिग आइपिएलको यो सिजनमा राजस्थान रोयल्सले पहिलो हार बेहोरेको छ । गुजरात टाईटन्सले ३ विकेटको जित दर्ता गरेर राजस्थानलाई यो सिजनको पहिलो हार चखाएको हो ।

राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ३ विकेट गुमाएर पुरा गरेको हो । अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४,२ र ४ रन बटुले चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका हानेपछि गुजरातले खेलमा रोमान्चक जित हासिल गर्यो ।

गुजरातका कप्तान शुभमन गिलले ४४ बलमा ७२ साई सुदर्शनले ३५ तथा रासिदले ११ बलमा २४ रन बनाए । टेवाटियाले २२ रन जोडे । राजस्थानका कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो । राजस्थानका रियान परागले ७६ , कप्तान संजु स्यामसनले ६८ र यशसस्वी जैसवालले २४ रन बनाए ।

गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए । जितपछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ । राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ । आज मुम्बई इंडियन र रोयल च्यालेन्जर्स
बेंगलूरुबीच खेल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);