विकल र मुख्यसचिव डा.बैकुण्ठको लेनदेनमा संलग्नलाई अख्तियारले बयान लियो | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

विकल र मुख्यसचिव डा.बैकुण्ठको लेनदेनमा संलग्नलाई अख्तियारले बयान लियो

काठमाडौं,२८ चैत्र । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी विकल पौडेल र सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष एवं सञ्चार सचिव डा.बैकुण्ठप्रसाद अर्यालबीच भएको संदिग्ध लेनदेनमा संलग्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।

विकललाई सुरक्षण मुद्रण केन्द्रको पुनः कार्यकारी निर्देशक बनाउन कानुन फेरेपछि बैकुण्ठले उपलब्ध गराएको बैंक खातामा पैसा जम्मा भएको थियो । उक्त पैसा ‘लुकाउने’ ‘सी(लिंक ट्राभल एन्ड टुर’ र रोशनदर्शन बज्रचार्यलाई अख्तियारले बयान लिएको हो । विकलको ह्वाट्सएपमा बैकुण्ठसँग आर्थिक लनदेन भएको प्रमाण फेला परेपछि उनलाई समेत अख्तियारले बयान लिइसकेको छ । उक्त कारोबारमा जोडिएका ‘सी(लिंक ट्राभल एन्ड टुर’का सञ्चालक र विश्व बैंकका कन्सल्ट्यान्ट बज्राचार्य अख्तियारको फन्दामा परेका हुन् ।

विकललाई ‘सी(लिंक ट्राभल एन्ड टुर’ र रोशनदर्शन बज्रचार्यको खातामा पैसा जम्मा गर्न लगाएका मुख्यसचिव बैकुण्ठ अख्तियारमा पुगेर बयान दिएका छन् । बैकुण्ठका बुबा(आमालाई अष्ट्रेलिया पठाउँदा ‘सी(लिंक ट्राभल एन्ड टुर’मार्फतको हवाइजहाजको टिकट काटेको र उक्त रकम विकललाई तिर्न लगाएको खुल्न आएको छ । विश्व बैंकका कन्सल्ट्यान्ट बज्राचार्यसँग त अर्यालको करोडौं रुपैयाँ रहेको दाबी गरिएको छ ।

मुख्यसचिव बैकुण्ठका बुवा रघुनाथ अर्याल पनि पाल्पाको जिल्ला न्यायाधीश हुँदा विवादमा आएपछि राजीनामा दिएको चर्चा छ । उनै रघुनाथको टिकट काट्ने ‘सी(लिंक ट्राभल एन्ड टुर’का सञ्चालक बैकुण्ठ( विकलको लेनदेनमा जोडिएपछि अख्तियारमा बयान दिन पुगेका हुन् । अख्तियार स्रोतका अनुसार ‘सी(लिंक ट्राभल एन्ड टुर’का सञ्चालकले खातामा रकम जम्मा गर्नेलाई चिन्दिन भनेर बयान दिएका छन् । बैकुण्ठसँग भने नियमित कारोबार हुने गरेको बयान दिएका हुन् ।

‘सी(लिंक ट्राभल एन्ड टुर’को सस्पेन्सन खातामा समेत बैकुण्ठको संदिग्ध पैसा रहेको अख्तियारका अधिकारीहरुको आशंका छ । उक्त खाता हटाउन सक्ने सम्भावना रहेको अधिकारी औंल्याउँछन् ।

अख्तियारको हिरासतमा रहेका विकलको लेनदेनमा विवादित बनेका मुख्यसचिव बैकुण्ठ अझै पनि नियमित काममा छन् । यसले इमानदार राष्ट्रसेवक कर्मचारीको नूर गिरेको छ । निजामती सेवाको सर्वोच्च कमाण्डर नै विवादित बनेपछि कर्मचारी प्रशासनमा सन्नटा छाएको छ । मनोबल गिरेको पाइन्छ । मुख्यसचिवमाथि तत्काल एक्सन लिएर यो निराशालाई नजगाउने हो भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई जनअपेक्षा अनुसारको नतिजा दिन मुस्किल पर्छ । स्वास्थ्यलाइभ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);