काठमाडौं,२३ चैत्र । नेपाल आइडल सिजन २ का बिजेता रवि ओडविरुद्ध मुद्दा परेको छ ।
ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएको स्रोतले जनाएको छ ।
गायक ओडकी पत्नीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत जाहेरी दिएकी हुन् ।
ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको बुझिएको छ । उनको घर कृष्णपुर नगरपालिका गुलरिया हो ।




