विश्वासको मत नपाउने भएपछि शाह र चौधरीले दिए मुख्यमन्त्रीबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

विश्वासको मत नपाउने भएपछि शाह र चौधरीले दिए मुख्यमन्त्रीबाट राजीनामा

काठमाडौं,२३ चैत्र । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनु भएको छ । विश्वासको मत लिने कसरतमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा दिनुभएको हो । त्यसअघि विश्वासको मत लिनका लागि प्रदेश सभामा मत परीक्षण गर्ने तयारीमा दिउसो साढे तीन बजेका लागि आव्ह्रान गरिएको बैठक दुई पटक सारियो ।

अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीका सबै सांसदको साथ पाउने अपेक्षा पुरा नहुने भएपछि मुख्यमन्त्री शाहले पद छाड्रनु भएको हो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर सांसद कैलाश चौधरी र टीका थापा काठमाण्डौंबाट नफर्केपछि शाहले राजीनामा दिनुभएको हो । नागरिक उन्मुक्तिका सातै जना सांसदले समर्थन गरे एक जना राप्रपा र एक जना स्वतन्त्रको गरी २७ मत पुग्ने मुख्यमन्त्रीको अपेक्षा पुरा भएन ।

नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह गत वर्षको माघ २६ गते मुख्यमन्त्री नियूक्त हुनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);