स्रोत नखुलेको २७ लाख ७५ हजारसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

स्रोत नखुलेको २७ लाख ७५ हजारसहित २ जना पक्राउ

सर्लाही,१९ चैत्र । मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका–९ स्थित सडकबाट नगद १० लाख रूपैयाँ तथा ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने २ थान भौचरसहित र थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही नगरपालिका–९ स्थित उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);