स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

काठमाडौं,१८ चैत्र । चन्द्रागिरी नगरपइलिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);