राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वैशाख १५ गते हुने इलाम क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारको औपचारिक घोषणा गरेको छ ।
रास्वपाले शनिबार पत्रकार समेत रहेका मिलन लिम्बूलाई इलाम–२ को औपचारिक उम्मेदवार घोषणा गरेको हो । इ
लाम नगरपालिका–७ लाकुरी चौतारामा आयोजित कार्यक्रममार्फत लिम्बुको े उम्मेदवारी घोषणा गरिएको हो । उपप्रधान तथा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरू पुगेर आयोजित कार्यक्रममा लिम्बूलाई उम्मेदवार घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा सभापति लामिछानेलाई लिम्बूलाई चुनाव चिन्ह घण्टी हस्तान्तरण गर्नुभयो । लिम्बूको पक्षमा माहोल बनाउँदै पार्टी उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य रमेश प्रसाईं लगायत इलाम पुग्नु भएको हो ।
नेकपा एमालेले भने यसअघि नै एमालेले संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष दिवगंत सुवास नेम्बाङका सुहाङ नेम्बाङलाई उम्मेदवार बनाइसकेको छ । ०००