काठमाडौं,१६ चैत्र । नेपाली बजारमा आज पहेलो धातु सुनले नयाँ रेकर्ड राखेको छ । एकैदिन २ हजार १ सय रुपैयाँले मुल्य बढेर नयाँ इतिहास रचेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।
कारोबारको अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । सो रेकर्डलाई पछि पार्दै शुक्रबार मुल्यले इतिहास रचेको हो ।
त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । १५ रुपैयाँले चाँदीको मुल्य बढेर १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।