उत्तरपुस्तिका हराएको विषयमा पूर्व रजिस्ट्रारको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बन्यो | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

उत्तरपुस्तिका हराएको विषयमा पूर्व रजिस्ट्रारको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बन्यो

काठमाडौं,१६चैत्र । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन भएको हो ।

त्रिवि कार्यकारी परिषद्का बनाएको समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय गरिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । समितिलाई उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विषयमा विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । उत्तर पुस्तिका हराएको सन्दर्भमा सञ्चार माध्यमहरूमा प्रकाशित, प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ । ती विषयको पुनः परीक्षा चैत २१ गते हुन लागेको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषयका उत्तर पुस्तिकाहरू हराएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);