राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई किन बोलायो ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई किन बोलायो ?

काठमाडौं,१४ चैत्र । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बैठकमा गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बोलाइएको हो ।

समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ ।

सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको हो । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);