काठमाडौं,१४ चैत्र । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले रास्वपा नेताहरुप्रति लक्षित गर्दै मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप लगाउनु भएको हो ।
जनतालाई झुक्याउने छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो । कार्यक्रममा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्त सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर समाप्तहुने बताउनुभयो । सांसद पौडेलले सत्ता गठबन्धन स्थायी नहुने दाबी समेत गर्नुभयो । काँग्रेसका लागि सत्ता ठूलो नभएको भन्दै उहाँले सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको भने दृष्टिकोण बनाएर बस्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
गणतन्त्रमाथि देखिएका बेथिति अन्त्य गर्ने कामको नेतृत्व, मुलुकको समृद्धि यात्राको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने समेत सांसद पौडलले बताउनु भयो ।