घर बनाउन पैसा चाहिएपछि बालकको अपहरण,२३ लाख फिरौती मागेर हत्या | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

घर बनाउन पैसा चाहिएपछि बालकको अपहरण,२३ लाख फिरौती मागेर हत्या

एजेन्सी,१३ चैत्र । महाराष्ट्रको ठाणे जिल्लामा फिरौतीको लागि एक बालकको हत्या भएको घटना सार्वजनिक भएको छ । एक व्यक्तिले २३ लाख फिरौतीका लागि नौ वर्षीय बालकको अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा संलग्न एक दर्जीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आरोपितले फिरौतीको पैसा लिएर घर बनाउन खोजेका थिए । अधिकारीले भने, इबादत नामका केटा आइतबार साँझको नमाज पढ्न मस्जिद गएका थिए, त्यसपछि उनी बेपत्ता भएका थिए । बदलापुर प्रहरी चौकीका एक अधिकारीले केटाको अपहरणको अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

अधिकारीले भने, अपहरणकारीले केटाको परिवारलाई फोन गरी उनको रिहाइका लागि २३ लाख रुपैयाँ मागेको थियो। उनले घर बनाउन पैसा चाहिने बताए तर अचानक फोन काटिदिए । उनले आइतबार बालक बेपत्ता भएको भन्दै परिवारका सदस्यले गुनासो गरेपछि प्रहरीले कारबाही गरी खोजी सुरु गरेको बताए । तर, ‘सोमबार दिउँसो इबादतको शव गाउँकै घरमा बोरामा फेला परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);