गृहमन्त्री लामिछानेले राजीनामा गर्नुपर्छ ,शान्ति समाज | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

गृहमन्त्री लामिछानेले राजीनामा गर्नुपर्छ ,शान्ति समाज

चैत्र १२, २०८०मानव अधिकार तथा शान्ति समाजले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी घोटालाको निष्पक्ष एवं प्रभावकारी छानबिन गर्न माग गरेको छ ।

लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेकाले नैतिक रुपमा उनले मार्ग प्रशस्त ९राजीनामा० गर्नुपर्ने समाजको धारणा छ ।

शान्ति समाजका सभापति रामकृष्ण बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री लामिछानेले आफूतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेर सौदाबाजी गरेको आरोप लगाएका हुन् ।

‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ ।

नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘केही भ्रष्टाचाररघोटाला प्रकरणमा अनुसन्धान भएता पनि सौदाबाजीका कारण मूल दोषीहरूले उन्मुक्ति पाउँदै आएको देखिन्छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरू संलग्न सुन काण्ड त्यसको पछिल्लो उदाहरण हो जसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदाबाजी गरेको धारणा शान्ति समाजको छ ।’

शान्ति समाजले नेपाली कांग्रेसको नियत पनि आफ्नो परिवारका सदस्य ९समानुपातिक तर्फबाट सांसद समेत०माथि कुनै पनि प्रकारको छानबिन नहोस् भन्ने सौदाबाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको बताएको छ ।

कृष्ण पहाडी संस्थापक रहेको शान्ति समाजले सुशासन र सदाचार विपरीत विभिन्न घोटालाका मूल दोषीहरूलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदाबाजीको घिनलाग्दो राजनीतिको निन्दा गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);