एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा राजीनामा दिन्न : रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा राजीनामा दिन्न : रवि लामिछाने

काठमार्डौं,११ चैत्र । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको प्रष्ट गर्नुभएको छ । सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले शनिबार यसबारे प्रष्ट गर्नुभएको हो ।

बिरामी भएर ८/१० वटा उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा महरालाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले यो विषयलाइ अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै पद त्याग्ने स्पष्ट गर्नु भयो । एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा राजीनामा नदिने बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मुल प्रवाहमा आइसकेको दाबी गर्नुभयो । उहाँले पछिल्लो पटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर शुरु गरिसकेको पनि बताउनु भयो । उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभइ चक्र भित्र बसेर पनि निस्किने रोडम्याप आफूहरुसँग रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);