कहिले फर्केलान रुसी सेनामा भर्ना भएका नेपाली ? | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

कहिले फर्केलान रुसी सेनामा भर्ना भएका नेपाली ?

काठमाडौं,६ चैत्र । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेश मन्त्रालयले रुसी सेनामा भएका नेपालीमध्ये घर फर्कन चाहनेको करार रद्द गर्ने सैद्धान्तिक सहमति दिएको जानकारी गराउनु भएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले त्यसको मोडालिटी तयार हुन बाँकी रहेको जानकारी गराउनु भएको हो । रुस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवं बिमावापतको रकम उपलब्ध गराउने प्रक्रिया पनि अघि बढेको उहाँले बताउनु भयो ।

रुस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवं बिमावापतको रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ गरेको भन्दै क्षतिपूर्तिको रकम कन्सुलर सेवा विभागमार्फत उपलब्ध हुने बताउनु भयो । मस्कोस्थित नेपाली दूतावासले यसबारे काम गरिरहेको पनि परराष्ट्रमन्त्री श्रेष्ठले संसदलाई जानकारी गराउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);