दक्षिण अफगानिस्तानमा दुर्घटनामा २१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

दक्षिण अफगानिस्तानमा दुर्घटनामा २१ जनाको मृत्यु

एजेन्सी,५ चैत्र । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा आईतबार भएको सडक दुर्घटनामा २१ यात्रुको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मौलावी मोहम्मद कासिम रियाजले बताउनुभएको छ ।

हेरात जाँदै गरेको यात्रुवाहक बसले ट्यांकर र मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनाको कारण लापरवाही ड्राइभिङ हुनसक्ने बताइएको छ ।

दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको छ । अफगानिस्तानमा विगत १० महिनामा सडक दुर्घटनाका कारण १ हजार ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै ४ हजारभन्दा बढी घाइते भएको देशको ट्राफिक प्रहरी महानिर्देशनालयले जनाएको छ ।

Leave a Reply