रुसको राष्ट्रपतिमा पुटिनको सम्भावना ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

रुसको राष्ट्रपतिमा पुटिनको सम्भावना !

काठमाडौं,५ चैत्र । राष्ट्रपति चुनाव जित्ने तयारीमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रिय लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुनः चुनाव जित्ने तयारीमा हुनुहुन्छ ।

उहाँले सोमवार बिहान राष्ट्रिय विकास लक्ष्यहरू प्राप्त गर्न सक्दो प्रयास गर्ने बताउनु भयो । रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५.०४ प्रतिशत मतगणनापछि ८७.३२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ ।

मस्कोस्थित अभियान मुख्यालयमा पुटिनले सबै दिशामा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रवारबाट शुरु भएको छ ।

अन्तिम परिणामहरू मार्च २८ भन्दा पछि सिइसीद्वारा पुष्टि गरिनेछ । पुष्टि भएको तीन दिन भित्र घोषणा गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);