नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

तनहुँ,५ चैत्र । नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ परेका छन् । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र नाइट्राभेट १ हजार ५० ट्याब्लेटसहित पर्सा वीरगंज महानगरपालिका–१६ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ग।१ ख ९६१९ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न म्याग्दी मालिका गाउँपालिका–१ घर भई कास्की पोखरा महानगरपालिका–१४ बस्ने २३ वर्षीय एबिन पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका–१० अमरसिंह चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);