आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्री पुनको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्री पुनको निर्देशन

urjamantri barshaman pun

काठमाडौं,४ चैत्र । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ । आईतवार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहो¥याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिनुभयो ।

लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताउनु भयो । उहाँले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको बताउनु भयो । उहाँले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताउनु भयो । उहाँले विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताउनु भयो । पूर्ववर्ती अर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी समस्या भन्दा बाहिर त कहिले पनि हुँदैनाँै । त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ । नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने । हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो । आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ । अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस् । कमजोरी भए समीक्षा गरौँ । पुरानालाई गाली गर्ने होइन । मैले म भन्दा अघिका अर्थमन्त्रीले राम्रो गरेका कामहरुलाई निरन्तरता दिनुपर्छ । आजको चुनौतिलाई समातेर हल गर्नेतिर गएन भने पुरानाको आलोचना गरेर हुँदैन । कोषका साथीहरुले आफैँ जवाफदेही भएर काम गर्नुपर्छ । हामीभित्र केही कमी भए समीक्षा गरौँ । कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानूनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ । परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन । पूर्ववर्ती अर्थमन्त्रीहरुका राम्रा काम नीतिहरुलाई निरन्रता दिनुपर्छ, म दिन्छु, प्रतिवद्धता छ । अहिले आर्थिक रुपले शिथिलता छ । यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरुमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरु, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरुको पैसा नडुबोस्, विज्ञ साथीहरुले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो ।’

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धिकरण जरुरी रहेको बताउनु भयो । उहाँले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धिकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले प्रशासन संयन्त्रमा पनि शुद्धिकरण जरुरी रहेको बताउनु भयो । उहाँले प्रशासन संयन्त्रको शुद्धिकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वका समस्या छन्, राजनीतिमा शुद्धिकरण जरुरी छ, हामी आफैँले ठानेका छाँै । आम जनसमुदायले ठानेको छ । हाम्रो प्रशासन संयन्त्रमा शुद्धिकरण जरुरी छ,आजको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । हिजोको हामी सम्मान गर्दछौँ, कयौँ कमी भए, त्यसलाई सच्याएर जानुपर्छ ।’ अर्थमन्त्री पुनले विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);