लागूऔषधसहित १० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

लागूऔषधसहित १० जना पक्राउ

कैलाली,लागूऔषधसहित १० जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय २० मिलिग्रामसहित गोदावरी नगरपालिका–२ बस्ने १७ वर्षीय किशोर समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका–५ मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १३ मिलिग्रामसहित सोही नगरपालिका–१० चन्द्रगढी बस्ने २५ वर्षीय आशिष राजबंशी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी शिवसताक्षी नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–५ बस्ने ४९ वर्षीय धन बहादुर नेपाल र ४९ वर्षीय मदन गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले झिलझिलेबाट दमकतर्फ जाँदै गरेको मे.१० प ५१६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ राजश्वढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१६ बस्ने ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरे समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट नगद ३ हजार २ सय रूपैयाँ, डिजिटल तराजु १ थान, विभिन्न कम्पनीको मोबाइल ४ थान, प्रदेश १–०२–०४७ प १९५३ नम्बरको मोटरसाइकल र १ थान ल्याप्टप समेत बरामद भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १४ एम्पुल र आईपिल १५ एम्पुलसहित सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले  ना.२६ प ८३७५ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);