विद्युतीय प्रणालीमार्फत माघ महिनामा कति भयो लेनदेन ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

विद्युतीय प्रणालीमार्फत माघ महिनामा कति भयो लेनदेन ?

काठमाडौं,२९ फागुन । विद्युतीय प्रणालीमार्फत माघ महिनामा ४५ खर्ब चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । माघ महिनामा १० करोड ४८ लाख ६५ हजार तीन सय ३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब चार अर्ब तीन करोड ९० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो कारोबार तीन महिनाअघि कात्तिकको भन्दा झन्डै १० खर्ब रुपैयाँले धेरै हो । माघ महिनामा सबैभन्दा धेरै अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली आरटीजीसी मार्फत २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै एटीएममार्फत चार खर्ब ७९ अर्ब २९ करोड १० लाख, इन्टरनेट बैंकिङमार्फत २३ अर्ब ८७ करोड २० लाख, मोबाइल बैकिङमार्फत १३ अर्ब ७८ करोड ७० लाख रुपैयाँ कारोबार भएको तथ्यांक छ । यसैबीच शेयर धितोमा जाने कर्जा सात महिनामा ११ दशमलव छ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्म शेयर धितो कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । गएको असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो । सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो कर्जामा थप आठ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);