आइतबार बढेको नेप्से परिसुचक आज के होला ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

आइतबार बढेको नेप्से परिसुचक आज के होला ?

stock-nepse-market

काठमाडौं,२८ फागुन । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अंकले वृद्धि भएको थियो ।

अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजीबजारका लगानीकर्ता पनि उत्साहित देखिएका थिए । लामो समयसम्म लगातार घटेको बजार नयाँ सत्ता समिकरण बनेसँगै शेयर बजार सकारात्मक बनेको छ । पछिल्ला तीन कारोबारमा नेप्से परिसूचक निरन्तर रुपमा उकालो लागेको थियो । आईतवार नेप्से परिसूचक २२.१० अर्थात १.०८ प्रतिशतले वृद्धि भएर २०५२.६५ बिन्दुमा बन्द भएको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.२६ अंकले बढेको थियो भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले बढेको थियो ।

आईतवार कारोबारमा आएका ३०४ कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता शेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भएको थियो । आईतवार नेप्से कारोबार रकम करिव ३ अर्ब नजिक पुगेको थियो ।

 

Leave a Reply