भरूवा बन्दुकसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

भरूवा बन्दुकसहित पक्राउ

तनहुँ,२७ फागुन । भरूवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुल बहादुर शाहीलाई अवैध भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);