पाशुपत क्षेत्र जाँदै हुनुहुन्छ भने पार्किङ्गको व्यबस्थापनबारे जान्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

पाशुपत क्षेत्र जाँदै हुनुहुन्छ भने पार्किङ्गको व्यबस्थापनबारे जान्नुहोस्

pashupati area

काठमाडौं,२५ फागुन । शिवरात्रिको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गरेको छ । आवश्यकता अनुसार पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका ठाउँबाट पाशुपत क्षेत्रमा सवारी डाइभर्सन गर्नेगरी ट्राफिक प्रहरीले रुट सार्वजनिक गरेको छ । पशुपति क्षेत्रमा फागुन २५ मा बिहानैदेखि सामान बोकेका सवारी चलाउन निषेध गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मालवाहक गाडीहरु बिहानै देखी चल्ने छैनन, यात्रुवाहक सवारीहरु आवश्यकता अनुसार डाइभर्सन गर्र्नेगरी व्यवस्थापन गरिएको छ । सवारी व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा ५१३ जना ट्राफिक परिचालन गरेको छ ।

१. आबश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरु
 चावहिलबाट गौशालातर्फ ।
 पुरानो बानेश्वलरबाट गौशालातर्फ ।
 ज्ञानेश्वनर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
 द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
 सिफल चौरबाट जयबागेश्व रीतर्फ ।
 लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
 गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
 तिलगंगाबाट गौशालातर्फ ।
 मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
 जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
 सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
 जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

२. मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
 कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,
 कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
 महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
 कोटेश्व र वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

३. पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु
 सिफल चौर (दर्शानार्थीहरुको)
 कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
 भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
 तिलगंगाको खाली स्थान र करिडोरमा ९तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु०
 वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
 गुहेश्वारी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

४. जनशक्ती परिचालन
 महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
 प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
 यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यबस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।
पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेको बताउनुभयो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);