पशुपतिमा जोगी र साधुसन्तको सहभागिता उल्लेख्य | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

पशुपतिमा जोगी र साधुसन्तको सहभागिता उल्लेख्य

pashupati

काठमाडौं,२४ फागुन । महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । शुक्रबार पर्ने महाशिवरात्रि पर्वका लागि भारत लगायत विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रमसँगै चहलपहल बढेको हो ।

अहिलेसम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागिता उल्लेख्य छ । सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध गरेको छ । तर आफूलाई भगवान शिवका प्रतीक मान्ने शिवरात्रिका बाबाजीहरुलाई यो कानुनले छोएको छैन । उनीहरु निष्फिक्री गाँजा तानीरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ । तर त्यसको अनुगमन तथा कार्यान्वयन पक्ष हरेक वर्ष फितलो देखिन्छ । बुधबार पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तको चहलपहल विगतका वर्ष जस्तै छ । शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ ।

गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका अनुसार पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भोजन र धुनीको व्यवस्था मिलाइएको हो । साधुसन्तलाई बुधबारदेखि पशुपति क्षेत्रमा औपचारिक रुपमा प्रवेश गराउन थालिएको छ । बुधबार पशुपति मन्दिर परिसरमा ¥याली निकालेर साधु,सन्तहरु सहित विभिन्न सङ्घ,सस्थालगायतको उपस्थितिमा उनिहरुलाई पशुपति प्रवेश गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);