काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक संघीय संसद लोत्से हलमा बिहान साढे ८ बजेका लागि बोलाइएको हो । बैठकमा सत्ता समिकरणबारे पनि छलफल हुने स्रोतले जनाएको छ ।
पुरानो सत्ता समिकरण भत्काएर प्रचण्डले नयाँ समिकरण गरेसँगै कांग्रेस पनि संक्रिय भएको छ ।
एकीकृत समाजवादीलाई नजान आग्रह गरेपनि कांग्रेसले रोक्न सकेन । साना दलहरुलाई नयाँ गठबन्धनमा जानबाट रोक्न भने सफल भएको छ ।
सोही विषयमा छलफल गर्न पनि आज पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।