नेपालबाट बिजुली आयातको विषय बंगलादेशको विशेष प्राथमिकतामा | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

नेपालबाट बिजुली आयातको विषय बंगलादेशको विशेष प्राथमिकतामा

काठमाडौं,२३ फागुन । बङ्गलादेशले नेपालबाट बिजुली आयातको विषयलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । बङ्गलादेश भ्रमणमा रहेका भारतीय उच्च आयुक्त प्रणय वर्मासँगको भेटमा बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतसँगै नेपालबाट बिजुली आयातलाई पनि विशेष प्राथमिकतामा राखेको बताउनुभएको हो ।

बङ्गलादेशी सञ्चारमाध्यम ’ढाका ट्रिब्युन’ का अनुसार राज्यमन्त्री हमिदले भारत र नेपालबाट नौ हजार मेगावाट बिजुली आयातका लागि तयार रहेको बताउनुभएको छ । आफ्नो देशलाई नवीकरणीय ऊर्जाको आवश्यकता निकै बढ्दै गएको अवस्थामा नेपाल र भारतलगायतका छिमेकीबाट स्वच्छ उर्जा आयात गर्नु पहिलो प्राथमिकता हुने पनि उहाँले भनेको बताइएको छ ।

शुरुवाती चरणमा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने विषयमा आउँदो महिना सम्झौता हुने पनि राज्यमन्त्री हमिदको भनाइ छ । यस्तै भारतीय कम्पनी जीएमआरले नेपालमा बनाउने आयोजनाबाट पाँच सय मेगावाट बिजुली आयात गर्ने विषय पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

यदि नेपालबाट बङ्गलादेशसम्मको डेडिकेटेड प्रसारण लाइन भएमा विद्युत् व्यापारले गति लिने र यसले भारतलाई पनि फाइदा पुग्ने बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले बताउनुभएको छ । बङ्गलादेशमा नेपालबाट बिजुली निर्यात गर्ने विषयमा दुई हप्ताअघि नेपाल विद्युत् प्राधिकरणको टोली बङ्गलादेश गएपनि महसुलको विषयमा कुरा मिलेको छैन । टोली अर्को महिना फेरि छलफल गर्ने सहमतिसहित फर्किएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);