परिवारले नस्वीकारेपछि १४ वर्षीया किशोरीको हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

परिवारले नस्वीकारेपछि १४ वर्षीया किशोरीको हत्या

murder

काठमाडौं,२३ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो । सोमवार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको निर्मम तरिकाले हत्या भएको थियो ।

बाराको सिमरामा घरै बनाएर बस्दै आएका चौधरीले योजनावद्ध तरिकाले ज्ञानमतिको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरी विवाहित पुरुष हुन् । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले सार्वजनिक व्यक्तिको एक श्रीमती र १४ वर्षीय छोरासमेत छन् । वैदेशिक रोजगारीका क्रममा दुबई बस्दा सामाजिक सञ्जालमार्फत छोराकै उमेरकी ज्ञानमतिसँग चिनजान भएको थियो । विदेशबाट फर्किएर बाराको सिमरामा घर बनाएर बस्दै आएका धीरेन र ज्ञानमतिबीच भेटघाट हुने गरेको थियो । तर ज्ञानमतिका परिवारले नस्वीकारेपछि हत्या गरेको हुनसक्ने प्रहरीको आँकलन छ ।

हत्यापछि फरार बनेका चौधरीलाई प्रहरीले गएको राति नै बेलबारीस्थित भाउन्नेको जंगलबाट नियन्त्रणमा लिएको थियो । दसी–प्रमाण जुटाएर प्रहरीले आज अपराह्न मात्र सार्वजनिक गरेको हो । प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);