श्रीमतीलाई बन्धक बनाएर प्रहरीलाई छुरा प्रहार गर्ने युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

श्रीमतीलाई बन्धक बनाएर प्रहरीलाई छुरा प्रहार गर्ने युवक पक्राउ

दार्चुला,२२ फागुन । दार्चुलामा प्रहरीमाथि छुरा प्रहार गरि फरार रहेका एक जना युवक पक्राउ परेका छन्। माघ ७ गते ड्युटीमा खटिएका २ जना प्रहरीमाथि छुरा प्रहार गरि फरार भएका महाकाली १ दहका २३ वर्षिय उमेश कुँवरलाई प्रहरीले सोमबार महाकाली नगरपालिका ४ पुलघाटबाट पक्राउ गरेको हो।

कुँवरले आफ्नै श्रीमती धनिशा कुँवरलाई घरमै बन्धक बनाई कुटपिट गर्ने गरेको भनि प्रहरी उजुरी परेको र उजुरी कै आधारमा सामुदायिक प्रहरी केन्द्र वांगावगडबाट खटिएको प्रहररी टोली कुँवरको घरमा पुग्दा प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर ठगुन्ना माथी छुरा प्रहार गरि घाइते बनाएर कुँवर फरार भएका थिए।

कुँवर घटना घटेकै दिनबाट भारतमा लुकिछिपी बस्दै आएको र सोमबार नेपाल प्रवेश गर्दैगर्दा महाकाली नगरपालिका ४ स्थित पुलघाट बाट पक्राउ परेका हुन्। पक्राउ परेका कुँवर माथि अपहरण तथा बन्धकी, ज्यानमार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);