छुरा प्रहार गरी भागेका पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

छुरा प्रहार गरी भागेका पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

गत शनिबबार (१६ पुस)मा काठमाडौ– ३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार (छुरी) प्रहार गरी भागेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार जानकारी दिएको छ ।

तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसले जनाएको छ ।

घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट बौधिमाई–१ स्थित एउटा घरमा लुकि छिपी बसेको अबस्थामा चार जनालाई फेला पारी नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डी–७ बेलटारका १८ वर्षीय  निश्चल राई,  सिन्धुली फिकल–३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय  मनोज कुँवर, रौतहट बौधीमाई–१ का  १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका १८ वर्षीय अनिष खत्री रहेका परिसरले जनाएको छ  ।

उनीहरुको साथबाट युएस लेखिएको १०.५ ईन्च लम्बाई भएको फलामको चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप  गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);