पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक

काठमाडौं,२२ फागुन । शिवरात्रिको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाशुपत क्षेत्रभित्र मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको छ ।

फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय काडमाडौंले बुधबारदेखि २७ गतेसम्म पाशुपत क्षेत्रमा नशालु पदार्थ र मासु सेवन, ओसारपसार र भण्डारण गर्न निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार गौशाला–मित्रपार्क सडक, पशुपति मन्दिरको पूर्व–पश्चिम, तिलगंगा क्षेत्र, मित्रपार्कक्षेत्र र गुहेश्वरीबाट दक्षिण भित्रका सबै भागमा मदिराजन्य पदार्थ र अन्य नशालु पदार्थ बेच्न रोक लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);