आजको लागि शेयर कारोबार बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

आजको लागि शेयर कारोबार बन्द

nepse online

काठमाडौं,२१ फागुन । पुरानो सत्ता गठबन्धन भत्किएसँगै शेयर बजारको कारोबार ह्वात्तै बढेको छ ।

शेयर बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेको छ । दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमा नै नेप्से सुचक ६ प्रतिशत बढेपछि पुन तेस्रोपटक सर्किट ब्रेक लागेको हो ।

आज ११ बजेर २३ मिनेटमा शेयर बजार खुलेको थियो भने १ मिनेट भन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो ।

दोस्रो सर्किट पश्चात पनि १ मिनेट भन्दा कम अवधिमा नै नेप्से ६ प्रतिशतले बढेपछि सोमबारका लागि शेयर कारोबार बन्द भएको हो ।

सोमवार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ । लोमो समयदेखि पुँजीबजारमा आएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साह देखिएको हो ।

एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो । सोमवार ११ बजे खुलेको बजार ३ मिनेटमै ४ प्रतिशतभन्दा बढीले सूचक उकालो लागेपछि २० मिनेट बन्द भएको थियो । तेस्रो सकिर्टमा नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुगेको छ । ११७.७० अंकले बढेको नेप्से परिसूचक ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर ३७ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ ।

सोमवार कारोबारमा आएका २३७ कम्पनी मध्ये ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ भने ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा २ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । सोमवारको कारोबारमा सेन्सेटिभ इण्डेक्स १९.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.७२ अंकले बढेको छ । त्यस्तै,१३ वटै उपसमूह मध्ये १२ परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ ।

Leave a Reply