संसदमा अनुभवीलाई निरन्तरता दिनुपर्ने अध्यक्ष तिमिल्सिनाको जोड | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

संसदमा अनुभवीलाई निरन्तरता दिनुपर्ने अध्यक्ष तिमिल्सिनाको जोड

काठमाडौं,२१ फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तमिल्सिनाले संसदमा नयाँ सांसदहरुले मात्रै परिष्कृत कानून बनाउन नसक्ने बताउनुभएको छ । आईतवारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा अनुभवीहरुले नै परिष्कृत कानून बनाउनसक्ने बताउनु भयो । उहाँले नयाँले सिक्ने र अनुभवीहरुले परिष्कृत रुपमा देश र जनतालाई मध्यनजर गरी कानून बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले कतै राम्रो काम नगरेका कारण त अनुभवीहरुमाथि प्रश्न उठेको छैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले परिणाम दिने अनुभवी व्यक्तिलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा भनेको अनुभवीहरुले नै परिष्कृत बनाउने हो । नयाँ पनि आउने तर अनुभवहरुलाई निरन्तरता दिने हो । विश्वमा पनि त्यही छ । हाम्रो अलि केही पटक भएपछि प्रश्न उठ्छ । किनभने हामीले राम्रो कतै गरेनौँ की, गरेकोलाई संप्रेषण गरेनौँ की ? परिणाम दिनेगरी अनुभवलाई निरन्तरता दिनुपर्ने हुन्छ । सबै नयाँ भयौँ भने पनि सभाले खोजे जत्तिको दिन सक्दैनौँ । अनुभवलाई पनि लिँदै र नयाँले पनि सिक्दै जाने हो ।’

अध्यक्ष तिमिल्सिनाले विधि निर्माणमा अझै लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । व्यक्ति र संस्थाकेन्द्रित भएको विधि निर्माण गर्दा समस्या आएको बताउनु भयो । उहाँले सिंगो देश र जनतालाई फाइदा पुग्नेगरी कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । आज –आईतवारबाट एमालेबाट चुनाव जितेर राष्ट्रिय सभा अध्यक्ष बन्नुभएका गणेशप्रसाद तिमिल्सिनासहित पार्टीका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको छ । काँग्रेसबाट रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ । कार्यकाल सकिनेमा माओवादीबाट विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा हुनुहुन्छ । त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि आजै सकिँदैछ । राष्ट्रपतिबाट मनोनित डा.विमला राई पौड्यालको पदावधि पनि आजबाट सकिँदैछ । आज अन्तिम दिनमा सबै पदावधि सकिने सदस्यहरुलाई विधायन व्यवस्थापन समितिको बैठकमा बिदाई गरिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);