प्रदीप भट्टराई निर्देशित 'महाजात्रा'को ट्रेलर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्रदीप भट्टराई निर्देशित ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं,२१ फागुन । नेपाली चलचित्र महाजात्राको ट्रेलर सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक प्रदीप भट्टराईले महाजात्रा पैसा र शक्तिले अहिलेको युवा पुस्तालाई दुरुपयोग गरिरहेको कुरालाई चलचित्रमार्फत समाजमा देखाउनुपर्छ भन्ने उद्देश्यबाट चलचित्र बनाएको बताउनु भयो ।

उहाँले युवालाई दुरुपयोग गर्न हुँदैन भन्ने हेतुले फिल्म बनाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘महाजात्रा किन बन्यो, सिनेमाको सिक्वेलमा आइरहेको छ भन्ने होला । मलाई पनि सिनेमाको सिक्वेल बन्नुहुन्छ जस्तो लाग्दैन । अर्को नयाँ चिज बनाउँदा हुन्छ भन्ने लाग्थ्यो । पैसा र पावरले अहिले युथलाई साँच्चिकै कत्तिको मिसयुज गरिरहेको छ ? भन्ने भन्नुपर्छ । रमाइलो किसिमले भनौ भनेर बनाएको हो । युवालाई मिसयुज गर्नु हुँदैन भन्ने हेतुले बनाएको हो ।’

त्यस्तै कलाकार हरिवंश आचार्यले चलचित्रका मुख्य गहना भनेको चलचित्रका पात्रहरु रहेको बताउनु भयो । उहाँले महाजात्रामा आफूले अभिनय गर्न पाएको खुशी लागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चलचित्रका मुख्य गहना भनेको चलचित्रका पात्रहरु हुन्छन् । महाजात्रामा मलाई चलचित्र खेल्नुस् भन्नेकुरा आउँछ तर कथा हेरेपछि आत्मविश्वास कसरी बनाउने भन्ने डर लाग्छ । तर प्रदीपले नखेलाउने हो की भन्ने डर लाग्थ्यो । मैले फोन गरेर पनि सोधेँ ।’

चलचित्र महाजात्रा चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रश्तुत गरिएको ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । कलाकारहरुमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेव लगायतका चलचित्रमा अभिनय रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);