नेपालका सम्पदाहरुलाई ठिक ढंगले विकास गर्नसके देश कायापलट हुन्छः पूर्वप्रधानमन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

नेपालका सम्पदाहरुलाई ठिक ढंगले विकास गर्नसके देश कायापलट हुन्छः पूर्वप्रधानमन्त्री खनाल

jhalnatha khanal

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका सम्पदाहरुलाई ठिक ढंगले विकास गर्नसके देश कायापलट हुने बताउनुभएको छ ।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका सुन्दर सम्पदाहरुलाई आर्थिक उपार्जनको मार्गमा ल्याउनसके नेपालको अर्थतन्त्रमा काया कल्प हुने बताउनु भयो ।

उहाँले नेपालका हिम श्रृंखला, तराईका फाँट, पहाडका चुचुराहरु नेपालका धेरै मनमोहक रहेको बताउनु भयो ।

उहाँले चितवन देशको सभ्यता र सम्भावनाहरु बोकेको महत्वपूर्ण उपत्यका भएको पनि बताउनु भयो । उहाँले कमी भएका ठाउँमा सुधार गरेर कोर्ष करेक्शन गर्न जरुरी रहेको बताउनु भयो । वर्तमा संविधानको भाग ४ अध्ययन गरी देशको बजेट र नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल एउटा साँच्चै नै सुन्दर मुलुक हो । यो नेपालको सौन्दर्य हाम्रो आफ्नो नेपालको अत्यन्त महत्वपूर्ण सम्पदा हो ।

यो सम्पदालाई हामीले ठिक ढंगले विकास गर्न, आर्थिक उपार्जनको मार्गमा ल्याउनसके नेपालको अर्थतन्त्रमा काया कल्प हुन्छ । यो कुरा धेरै विशेषज्ञले भन्दै आएको कुरा हो ।

उत्तरमा सुन्दर हिमश्रृंखला छन् । तराई फाँट सुन्दर महत्व बोकेको छ । चितवन हाम्रो देशको सभ्यता र सम्भावनाहरु बोकेको महत्वपूर्ण उपत्यका हो । यसको विकास गर्ने सिलसिलामा बहुआयामिक पक्षमा सम्भावना अघि बढेको छ ।’

पूर्वप्रधानमन्त्री खनालले देशको अर्थतन्त्रको जग कृषिक्षेत्र गतिहिन अवस्थामा रहेको बताउनु भयो । उहाँले देशको उद्योगलाई गति दिन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । देश बेरोजगारीको समस्याले ग्रस्त बनेको बताउनु भयो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);