चितवनमा पर्यटनको प्रचुर सम्भावना छः ओली | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

चितवनमा पर्यटनको प्रचुर सम्भावना छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।  शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनउनुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताउनु भयो ।

उहाँले आफूले कोशी, नारायणी, कर्णाली लगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जेडिने त्यस कुरालाई अघि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस ठाउँलाई यो एउटा उत्तर दक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग समेतले छोएको छ । यस्तो ठाउँ छ । चितवनमा पर्यटनको प्रचुर सम्भावना छ ।

मैले आफ्नो समयमा नारायणी नदीमा यसलाई पनि बाटो बनाएर नदीको बाटोबाट गंगा नदी जाड्ने हाम्रा कोशी, नारायणी, कर्णाली लगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जेडिने त्यस कुरालाई अघि बढाएको थिएँ ।कम सेकम आज यस ठाउँमा स्ट्रिमर सञ्चालन भएका छन् । मान्छेहरुले निजी क्षेत्रबाट पनि प्रेरणा पाएका छन् ।’

उहाँले चितवनमा औद्योगिक क्षेत्रहरुको सम्भावना पनि प्रचुर रहेको जिकिर गर्नुभयो । उहाँले चितवनको विकासमा आफ्नो पार्टी सहायेग गर्न तत्पर रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);