आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

 आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रवार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको दाबी गर्नुभयो ।

देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिव, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएको दावी समेत गर्नुभयो । सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने उहाँको विश्वास छ ।

प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ ढङगबाट अघि बढाइएको बताउनु भयो । ०००

Leave a Reply