आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

 आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रवार चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिरहेको दाबी गर्नुभयो ।

देशभरका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिव, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने, महिलाहरुमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरुका लागि अनुदानको व्यवस्था, लगायत महत्वपूर्ण निर्णय भइ कार्यान्वयनमा आएको दावी समेत गर्नुभयो । सरकारका प्रयासले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने उहाँको विश्वास छ ।

प्रधानमन्त्री दाहालले सरकारको बजेट निर्माणको प्रक्रिया नयाँ ढङगबाट अघि बढाइएको बताउनु भयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);