नवलपरासी पूर्व,१८ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै,मोरङको १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।