कृषिमन्त्री भुसाललाई खोज्दै कांग्रेस सांसद बडु | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

कृषिमन्त्री भुसाललाई खोज्दै कांग्रेस सांसद बडु

dilendra prashad badu

काठमाडौं,१८ फागुन । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री डा. वेदुराम भुसालको खोजी गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले किसानले मूल्य नपाएर दुध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसदमा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गर्नुभयो ।

उहाँले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिनुभयो । कानून निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उहाँले दुध किसान र मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि भईरहेको कार्यबारे तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद बडुले भन्नुभयो, ‘केही दिनयता छापाहरुमा निरन्तर रुपमा दुग्ध किसानहरुले आफ्नो दुध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक देखेर यो सरकारको मन किन छुँदैन ? सरकारको कृषिमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दैछ सरकार, यस समस्याको निराकरणको निमित्त ? सदनलाई जानकारी हुनुप¥यो । मिटरब्याज पीडितहरुका समस्या समाधान गर्न हामीले पछिल्लो संसदबाट कानून बनायौं । तर आजबाट सबैतिरबाट काठमाडौं धाउनुपर्ने अवस्था किन रह्यो ? यदी यो कानूनमा अझै त्रुटी रह्यो भने ल्याउनुप¥यो । संसदमा संशोधन गरौं । होइन कानूनको कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन भने यो अर्को गम्भिर विषय हो । त्यसकारण सरकारले यी सबै विषयमा छिटो भन्दा छिटो संसदमा जवाफ दिनुप¥यो ?’ सांसद बडूले मिटरब्याज सम्बन्धि कानूनमा कुनै त्रुटी भए तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);